काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा विघटन गर्नुपर्ने बताएका छन्। आइतबार संघीय संसद भवनमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन्।
‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने,’ नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ। चुनावमा जान्छ।’
एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको उनको भनाई छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिएर गन्जागोल बनाएको नेपालको आरोप छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै एमालेले संसद अवरुद्ध पार्दै आएको छ।