कृषि क्षेत्र को आमूल परिबर्तन का लागि कृषिकर्मीको सुझाव ।

लक्ष्मण घिमिरे
चैत्र १७,२०७८ बिहिवार

उत्तम खेती, मध्यम व्यापार, चुत्थो नोकरी ! कुनै समय यो उक्ति एकदम प्रचलित थियो। बीचमा हरायो वा उल्टियो र अहिले कोरोनाको त्रासदीको समयमा फेरि सम्झिन थालिएको छ । पत्रपत्रिकामा कृषि बारेका लेख र सामाजिक सञ्जालमा यससम्बन्धी पोस्टहरू बाक्लै आउन थालेका छन् ।

एउटा कृषिकर्मी हुनाले म आफैँले पनि केही दिनको सेरोफेरोमा सार्वजनिक भएका केही कृषिकर्मीहरूका विचार खोजी गरेँ । तिनको सार सार्वजनिक गर्दा राम्रै होलाजस्तो लागेर यो कृषि सम्बन्धी सुझाव सहित को लेख तयार पार्ने जमर्को गरेको हुँ ।

समग्रमा एकथरी कृषिकर्मीहरू उत्साहित भएर यसमा केही गर्ने जोश–जाँगर देखाइरहँदा यसै क्षेत्रको अर्को महत्वपूर्ण हिस्सा निराश र चिन्तित देखिन्छ । “संघीयता कार्यान्वयनको चरणमा सबैभन्दा मारमा परेको क्षेत्र कृषि नै हो।
यिनै चिन्ता र निराशाका बीच कृषिको पुनरुत्थानका लागि केही सुझावहरू पस्कने जमर्को गरेको छु । मेरो ब्यक्तिगत सुझाव छ – कृषकलाई पूर्णकालीन कृषक, अर्धकृषक… गरेर वर्गीकरण गरेर त्यसैअनुसार सेवा सुविधा दियो भने बढी व्यवहारिक हुन्छ र कृषकहरूलाई कृषि उपजको मूल्य शृंखलाका बारेमा पनि जानकारी दिनुपर्छ ।

कृषकलाई सुविधा दिने सवालमा किसानलाई विनाधितो कर्जा, नि:शुल्क तालिम, सब्सिडी लोन र कृषि औजार उपकरणहरू दिनुपर्छ । भुमिहिन किसान लाई पनि बिशेष प्राथमिकता मा राखियोस। भारतबाट आउने उत्पादन रोक्नुपर्छ । कृषिलाई अत्यावश्यक सेवामा राख्नुपर्छ, गाउँ–गाउँमा बिउ बैङ्क, हरेक स्थानीय निकायमा कृषि प्राविधिकको व्यवस्था र कृषि यान्त्रीकरणमा जोड दिनुपर्छ।

“कृषि क्षेत्रलाई टुहुरोको अभिनय गर्न लगाएर सडकमा कचौरा थाप्न पठाउने र थापिएको पैसाले अन्य क्षेत्रसँग मिलेर मोजमस्ती गर्ने पातकी अभिभावकत्व पाएकै कारण नेपालमा कृषिको विकास हुन नसकेको हो” ।

म लक्ष्मण घिमिरे खैरहनी ४ चैनपुर चितवन बाट ड्रागन फ्रुट खेती पर्माकल्चर प्रबिधी द्वारा गरिरहेको कुरा जानकारी गराउन चाहान्छु।कतिपय किसान लाई के हो पर्माकल्चर यस् बिषय मा अनभिज्ञ छ्न । विदेशी बिउको आयात नरोकी स्थानीय बिउ बैङ्क चल्न सक्दैन हामारा रैथाने बीउ हरु लोप हुँदै गैरहेको अबस्था छ।विदेशबाट २ रुपैयाँमा ल्याएर २० रुपियाँमा बेच्ने आयातकर्ता र तिनलाई पोस्ने कर्मचारीहरूले स्थानीय बिउको शृङ्खला डिसमेन्टल गरिसके ”

कृषि यन्त्रीकरणका सवालमा यहीँ बनाउन सकिने कृषि औजार यहीँ उत्पादन गर्ने र नसकिनेलाई मात्रै आयात गर्नुपर्छ भन्ने मेरो राय छ । कृषि तथा खाद्य सुरक्षा सम्बन्धी शिक्षा नीति ल्याउनु जरुरी छ भन्ने मेरो सुझाव हो। सँगसँगै कृषि र खाद्य सुरक्षाको महत्व बारे राजनीतिक पक्ष प्रष्ट हुनुपर्छ । स्थानीय संस्कृतिमा आधारित खाद्य विविधतालाई प्रोत्साहन गर्ने हो भने स्थानीय बालीनालीले पनि प्रोत्साहन पाउँछ । यसैसँग सम्बन्धित थप विचार के छ भने कृषिमा पैसा नै अन्तिम सत्य हो भन्ने बनाउनु हुँदैन । हाम्रो भूगोल र मौलिक ज्ञानमा आधारित कृषि हुनुपर्छ । कृषि खानका लागि हो, व्यापारका लागि हैन भन्नेकुरा स्वीकार गर्नुपर्छ।यति कुरा मा प्रष्ट हुन सकियो भने मुलुक आत्मानिर्भरता तर्फ उन्मुख हुनेछ।

यी सुझावहरूसँगै आन्तरिक उत्पादन बढाएर कृषि उपजको आयात हटाउनु या कमसेकम घटाउनुपर्छ । मुनाफाको मुख्य हिस्सा बिचौलियाले हैन किसानले पाउनुपर्छ भन्ने कुरा र कृषि अनुदानको रकममा व्यापारी, नेता र आसेपासेको हालीमुहाली हुने पद्धति रोकेर वास्तविक किसानले नै पाउनुपर्छ भन्ने कुराहरू सबैभन्दा धेरै उठान हुने गरेका छन् । यो विचार या सुझावचाहिँ ठिक यो चाहिँ बेठिक भन्ने छैन र यी हरेक एक आपसमा अन्तर सम्बन्धित छन् । हरेक विचार लागुहुने विशेष सामाजिक एवं भौगोलिक क्षेत्रहरू छन्।

त्यसैले हामी सबैले कृषि क्षेत्रलाई बुझ्न खोज्दा यी र यस्ता अरू धेरै फरक र अन्तरसम्बन्धित विचारहरूलाई मन्थन गरेर आफ्नो विश्वासको दृष्टिकोण तयार गर्नुपर्छ । नेपालजस्तो विविधतायुक्त देशमा कृषिसम्बन्धी एउटै मात्र दृष्टिकोण सबैतिर एकैनासले लागु हुनसक्दैन । विविधता नै हाम्रो कृषिको सुन्दरता हो र यसको व्यवस्थापन नै हाम्रो कृषिको मूल मार्गदर्शन हुनुपर्छ ।

यही विविधतालाई व्यवहारिकतामा बदलेर आफ्नो आफ्नो ठाउँबाट हामी हाम्रो कृषिको विकासमा योगदान दिन सकौं । (लेखक कृषि प्रशिक्षक हुनुहुन्छ)

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.