शैक्षिक गुणस्तर कायम राख्न नगरपालिका प्रतिवद्ध, मेयर सापकोटा

२२ जेठ, रत्ननगर ।
रत्ननगरमा शैक्षिक गुणस्तर कायम राख्न रत्ननगर नगरपालिका प्रतिवद्ध रहेको नगरप्रमुख प्रलाद सापकोटाले बताएका छन् । रत्ननगर १० मा रहेको क्रिष्टल कलेज तथा एन्जल्स वर्ल्ड स्कुलले आज आयोजना गरेको वार्षिक पुरस्कार वितरण, जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । रत्ननगरमा हाल सामुदायिक विद्यालय २७ र संस्थागत विद्यालय २२ वटा रहेकोमा सवै विद्यालय एक बनाउन आफ्नो पहल रहने सापकोटाले बताए । केन्द्रिय सरकारले हाल हप्तामा २ दिन बिदा दिए पनि रत्ननगरले आईतबार बिद्यालय खोल्न निर्देशन दिएकोमा विभिन्न शिक्षा सम्बन्धि संघहरुले केन्द्रिय नीति पालना गर्नुपर्नेमा दवाब दिएकोमा शिक्षाको गुणस्तर नखस्कने गरि कार्य गर्न आफुले निर्देशन दिएको समेत सापकोटाले बताए ।

क्रिष्टल कलेज तथा एन्जल्स वर्ल्ड स्कुल रत्ननगर १० ले आज नवनिर्वाचित नगरप्रमुख, नगर उप-प्रमुख तथा वडाध्यक्ष ज्युलाई स्वागत सम्मान, वार्षिक परिक्षामा उत्कृष्ट विद्यार्थी, विविध खेलका विजेतालाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश शर्मा, रत्ननगर १० का अध्यक्ष कलाधर पौडेल, रत्ननगरका उप-प्रमुख यादव पाठक लगायतले बोलेका थिए । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका सदस्य सोम प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.