जिसस चितवनका जनप्रतिनिधिले लिए सपथ

भरतपुर : जिल्ला समन्वय समिति चितवनका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उपप्रमुख कल्पना काफ्ले सापकोटा सहितका निर्वाचित सदस्यहरुलाई आज(बुधवार) सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित सदस्य सहित पार्टी प्रतिनिधि र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिको अनुपस्थित थिए ।

सपथ ग्रहण गराउँदै अधिकारीले सबै मिलेर जाने बताउनुभएको छ । ‘मिलेर जाऊभन्दा गठबन्धनका साथीहरु मान्नुभएन । अहिले माओवादीका साथीहरु छुट्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी जिल्लाको विकास निर्माणका काममा समन्वयकारी भूमिका खेल्छौँ ।’ उहाँले कानुनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने बताउनुभयो । ‘हाम्रो जिम्मा विकास निर्माणको गुणस्तरियतामा माथि अनुगमन, प्राकृतिक स्रोतको संरक्षण गर्ने लगायतका छन्,’ उहाँले भन्नुभयो, ‘जिल्लामा समन्वयकारी भूमिका भूमिकामा हामी लाग्छौँ ।’

सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज देवी ज्ञवाली, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष अरुणपिडित भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनका प्रवक्ता राजु भण्डारी, राष्ट्रिय जनमोर्चा चितवनका सचिव पुष्पकमल सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उनीहरुले समग्र जिल्लाको विकासमा अगाडि बढाउनका लागि समन्वयकारी भूमिका खेल्न सुझाव दिएका छन् ।

हिजो (बुधवार) गोलाप्रथाबाट निर्वाचित भएपछि जिसस चितवनले जनप्रतिनिधि पाएको थियो । जिल्ला समन्वय समिति चितवनको निर्वाचनमा प्रमुख सहित ७ पदमा बराबर मत आएपछि गोलाप्रथामा गएको थियो । गोलाप्रथामा प्रमुख सहित एमालेका ६ जना निर्वाचित भएका थिए । जिसस चितवनको नेतृत्वमा एमालेका ६, नेकपा(एकीकृत समाजवादी)का २ र नेपाली कांग्रेसका १ जना छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.