सर्लाहीका मुसहर महिलाहरुको सशक्तिकरणका लागि रिफ्लेक्ट कक्षा संचालन

सर्लाही । हरिपुर नगरपालिका ८ जुटपानीको मुसहर महिला सशक्तिकरण मन्चमा पाँच दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन शिक्षा, चेतना र आर्थिक अभावका कारण दसकौ देखी पछाडीपरेका हरिपुर नगरपालिका ८ जुट्पानीका दलित महिलाहरुलाई पाँच दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन गरिएको छ ।

तराईको सबैभन्दा पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने माझी, मुसहर र पासवान लगाएतका दलित समुदायलाई समेटेर मुसहर महिला सशक्तिकरण मन्च गठन गनुका काथै मन्चमा आवद्ध सदस्यहरुलाई लैङ्गिक तथा नेतृत्व क्षमता विकास, सामाजिक जवाफदेहिता र यसका बिधिहरु नगरीक प्रतिवेदन पत्र, सार्बजनिक सुनुवाई, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट र सामाजिक परिक्षण, आय आर्जन तथा जिविकेपार्जन सुधार योजना, सामाजिक मुल्य मान्यता, सामाजिक समस्य र समाधानका उपायबारे प्रशिक्षण संचालन हुदै आई रहेको छ ।

अन्डेफको सहयोगमा साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) संस्थाद्वारा संचालित नेपालमा स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत गठन गरेका मुसहर महिला सशक्तीकरण मञ्च अन्तर्गत हरिपुर नगरपालिका ८ जुटपानीको मुसहर महिला सशक्तिकरण मन्चमा लैङ्गिक समता तथा नेतृत्व क्षमता विकास समबन्धमा अनुशिक्षण संचालन भएको हो ।

साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत सर्लाहीको चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरि कषि तथा पशु कार्यालयमा दर्ता गरीएको । उक्त समूहहरुमा १६०० मुसहर महिलाहरुलाई महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता सामाजिक मुल्य मान्यता, स्थानिय निकायमा मुसहर महिलाहरुको सहभागीता अभिवृद्धिका लागी तालिम तथा रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको बताए ।

साप नेपालका फिल्ड सुपरभाईजा मनोज पासवानले समुहमा नियमित बचत गर्न प्रोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुँच पु¥याउने जन्म दर्ता, विवाह दर्ता, बिद्यालय भर्ना, नागरीकता जस्ता विषयमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताए । मुसहर समुदायमा साप नेपालले कार्यक्रम संचालन गरेपछि मुसहर समुदायका महिलाहरु नेतृत्व क्षमता बडेको, मेयर उपमेयर र वडा अध्यक्षहरु संग शिक्षा, आयआर्जन र क्षमता विकासका लागी योजना माग गरेको । सामुहीक कृषी तथा पशुपालन गरेको ।

वालविवाह र जाडरक्सी विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै रोकथाम गरेका छन । समुहमा आवद्ध भएपछि मुसहर महिलाहरुले उल्लयख्य रुपमा वालवालिकाको जन्म दर्ता गर्नुका साथै बिद्यालय भर्ना गरेको समुहकी सचिव सन्तरा पासवानले बताईन ।

कार्तीक २ देखी ६ गते सम्म संचालन हुने उक्त अनुशिक्षण कार्यक्रममा सामाजिक जवाफदेहिता, जिविकोपार्जन आर्यआर्जन, सामाजिक मुल्य मान्यता बिषयमा पशु शाखाका प्रमुख लगाएत हरिपुर नगरपालिकाको उप प्रमुखको उपस्थितिमा कार्यक्रम संचालन गरीने घुम्ती प्र्रशिक्षक लक्ष्मि पासवानले बताईन । कार्यक्रममा समुहका ४५ जनाको सहभागीता रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.