पूर्वी चितवनमा विकासको लहर भित्रने छ : डा.विश्व पाैडेल

रत्ननगर । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार डा. विश्वनाथ पौडेलले पूर्वी चितवनको विकासका लागि आफू चुनावी मैदानमा आएको बताएका छन् ।
राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्षसमेत रहेका उनले आफू निर्वाचित भएपछि पूर्वी चितवनमा विकास भित्र्याउने बताए । चुवानी अभियानअन्तर्गत रत्ननगर–१३, जयमंगलामा आयोजित कोणसभामा उनले भरतपुरमा सीमित रहेको विकासलाई जनताले अनुभूति गर्नेगरी पूर्वी चितवनमा ल्याउने जिकिर गरे ।

‘एमालेका सुरेन्द्र पाण्डेले दश वर्षमा यहाँ केही गर्न सकेनन्’ उनले भने, ‘अब यहाँको विकास मैले गर्ने छु ।’ उनले यसअघिका उमेदवारले यो क्षेत्रको विकास गर्न नसकेको भन्दै यसपटक आफूलाई मतदान गर्न आग्रह गरे । ‘तपाईंहरुले पटक–पटक जिताउनु भयो, विकास केही गर्न सकेनन्’ पौडेलले भने, ‘यहाँको विकासका लागि मलाई मतदान गर्नुस् ।’

उनीसहित प्रदेश सभा सदस्य पदका उमेदवार एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले रत्ननगरको वडा नं १३, १४, १५ र १६ मा घरदैलोका क्रममा जनतासँग भोट मागेका छन् ।
भोट माग्न जनताको घरदैलोमा पुगेका डा. पौडेल र खनाललाई स्थानीयले स्वागत गरेका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका पौडेल र खनालले यहाँका चोकचोकमा कोणसभा गरी आफ्ना एजेन्डा योजना सुनाएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.