नेपाली यूवा सापकोटा जापानको “कानागावा परिषद” मा चयन

काठमाण्डौ । कानागावा नेपाली कम्युनिटीका संस्थापक अध्यक्ष डोलराज सापकोटा(हरी) कानागावा प्रिफेक्चरल सरकारद्वारा गठित “विदेशी बासिन्दाहरूको लागि कानागावा परिषद”को समितिमा चयन भएका छन् ।

कानागावा प्रान्तिय सरकारले आफ्ना योजना तथा नीति तर्जुमामा बिदेशी मुलका वासिन्दाहरुको प्रस्तावलाई समेट्ने गरी सन् १९९८ मा गठन गरेको यस परिषदको १२ औँ समितिमा सापकोटालाई चयन गरिएको हो । यस परिषदको कार्यावधी २ वर्ष रहने छ ।

कानागावामा सन् २०१७ मा कम्युनिटि स्थापना गर्दा करिब ४ हजार जना नेपाली बसोबास रहेकोमा हाल बढेर ८ हजार ७ सय ६० जना नेपालीहरु कानागावा प्रान्तमा बसोबास गरिरहेका छन् । सापकोटाको कार्यकालमा कानागावा नेपाली समुदायले सकृय रुपमा कार्य गरेको र बिशेष गरी जापानीहरुलाई खाना खुवाउने, टेलिफोन मार्फत परामर्श, कोरोनाको मारमा परेका बिधार्थीहरुलाई आर्थिक सहयोग, कोरोना भ्याक्सिनको कार्यक्रम लगाएतका कार्यक्रममा उहाँले खेलेको भुमिकाको उच्चमुल्याङकन गरिएको बताइएको छ।

हालै प्रिफेक्चरल सरकारको कार्यलयमा नबनियुक्त परिषद्को सदस्यहरुलाई गभर्नर युउजी कुरोइवाले नियुक्तिपत्र दिदै प्रतिनिधित्व गर्ने देशबाट कानागावामा बसोबास गर्ने नागरिकहरु र जापान सरकार बिचमा पुलको रुपमा काम गर्न र सल्लाह सुझाव दिन अनुरोध गरे ।

उक्त परिषदमा नेपालका सापकोटा लगाएत चीन, कोरिया, भियतनाम, इन्डोनेसिया, ब्राजिल, क्यानाडा, रसिया र पेरुका सदस्यहरु रहेका छन्। वर्षमा ७ पटक परिषदको बैठक बस्ने र उक्त बैठकले प्रिफेक्चरल सरकारलाई नीतिगत प्रस्ताव बुझाउने व्यवस्था रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.