जेसीज सप्ताहमा कपरफोरी मा.वि का विद्यार्थीलाई लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना

रत्ननगर, बैशाख २१ । पूर्वी चितवनको रत्ननगरमा जारी जेसीज सप्ताह अन्तर्गत बिहीवार लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । रत्ननगर जेसीजले रत्ननगर ९ स्थित कपरफोरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कक्षा ६ देखि १० कक्षा सम्मका ८० जना विद्यार्थीहरुलाई लागु पदार्थ भनेको के हो ?, प्रयोग गर्नुका कारण, लागुपदार्थको दुर्व्यसनीमा फसेका व्यक्तिहरुमा देखिने लक्षण लगाएत विषयमा रहेर सचेतना कार्यक्रम गरिएको जेसीज सप्ताह मुल समारोह समितिका संयोजक सुरेशजंग पाण्डेले जानकारी दिए ।

विद्यार्थीहरुलाई लागुपदार्थको दुर्व्यसनीबाट टाढा राख्न सचेतना कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कपरफोरी मा.वि का प्राध्यानाध्यापक विष्णु कट्टेलको प्रमुख आतिथ्यता तथा रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि प्राध्यानाध्यापक कट्टेलले लागुपदार्थ दुर्व्यसनीको संख्या दिन प्रतिदिन बढ्दै जान थालेकोमा चिन्ता व्यक्त गरे । लागुपदार्थ र मादक पदार्थ सेवन गर्ने युवाहरुको सङ्ख्यामा हरेक दिनजसो भइरहेको वृद्धिले बालबालिकामासमेत नकारात्मक असर पर्न थाले भन्दै उनले यस विषयमा सबै गम्भीर हुनुपर्ने बताए । रत्ननगर नगरपालिका वडा नं. ९ की कार्यबाहक वडा अध्यक्ष सुष्मा खड्का थोकीले लागुपदार्थ सेवनले युवाहरूको भविष्य नै अन्धकारमय बनाउन लागेको बताइन् । उनले अध्ययन र चिन्तन नहुँदा युवाहरु बरालिएर दुव्र्यसनीमा फस्न थालेकोमा चिन्ता व्यक्त गरिन् ।

लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतनाको मुख्य प्रशिक्षणमा प्रकाश शाहले सहजीकरण गरेका थिए ।कार्यक्रममा विद्यालयकी सहायक प्राध्यानाध्यापक सुष्मा सापकोटा, ई.सि.ए प्रमुख संगिता अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।

सप्ताह अन्तर्गत २२ गते पूर्वी चितवन पत्रकार र जेसीजबीच मैत्रीपूर्ण फुटबल, २३ गते मानवसेवा आश्रम र असहाय वृद्ध कल्याणसमाजमा खाना खुवाउने कार्यक्रम, २४ गते सामूहिक व्रतबन्ध कार्यक्रम र २५ गते विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी वितरण कार्यक्रम तय गरिएको रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ताले जानकारी दिए । रत्ननगर जेसीजका महासचिव नरहरी पुरीले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर जेसीजका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रम मूलसंयोजक सुरेशजंग पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.