खैरहनीमा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण

१६ जेठ, खैरहनी ।
इमान बस्नेत ।
चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ । खैरहनी नगरपालिका–१० ले चालु आर्थिक वर्षका लागि सामाजिक विकासतर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागि अनुदान’ शिर्षकमा कुल ९० जनाको लागी विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई रु एक हजार बराबरको पौष्टिक आहार प्रदान गरेको हो ।

गत साउनदेखि हालसम्म नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलालाई रु एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक धन बहादुर गुरुङले बताउनुभयो । कार्यक्रम असार मसान्तसम्म चल्ने कार्यपालिका सदस्य मैया विकले जानकारी दिनुभयो ।

कार्यक्रम खैरहनी नगरपालिकाको उप-प्रमुख कविता उप्रेतीको प्रमुख आतिथ्यता तथा खैरहनी १० का वडाध्यक्ष चन्द्र विक्रम चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.