भरतपुर महानगरको वडा नम्बर २१ बालमैत्री वडा घोषणा

चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर २१ लाई बालश्रममुक्त तथा बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गरेका हुन् । भरतपुर–२१ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका चारवटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई आथिर्क वर्ष २०८३÷०८४ मा पूर्णबालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ । त्यसमध्ये केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ। यी सूचकहरु पूरा भएकाले वडा नम्बर २१ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् । वि.सं. २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन्। उनले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गरिन् । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षासमेत सञ्चालन गरिएको उनले जानकारी दिइन् । महानगरपालिका भित्र ७८ जना बालबालिका विद्यालयबाहिर रहेको छन्। महानगरपालिकामा सडक बालबालिकासमेत नरहेको नगरप्रमुख दाहालले जानकारी दिइन् । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसा, यातना, भेदभाव, शोषणबाट मुक्ता गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको नगरप्रमुख दाहालको भनाइ छ ।

उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए। अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताए। उनले घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सधैँ सबै पक्ष क्रियाशील हुनुपर्ने बताए । उनले बालबालिकालाई केन्द्रविन्दुमा राखेर महानगरपालिकाले काम गरेको उनको भनाइ छ । कार्यक्रम वडाध्यक्ष कृष्णकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.