रत्ननगर नगरपालिकाले सिरक डसना बनाउन घरघर जानेलाई कारबाही गर्ने

रत्ननगर, असोज १५ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा सिरक डसना बनाउनेहरू घरघर हिँड्न नपाउँने भएका छन्। नगर भित्र सिरक डसना बनाउन घरघर नजान नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा टोल बस्ती, तथा चोक चोकमा माइकिङ गरी ट्रयाक्टरमा घुम्ती सेवा मार्फत सिरक डसना बनाउन घरघर नजान आग्रह गरिएको छ। सूचनामा नगरपालिकाबाट सिरक डसना निर्माण सम्बन्धी व्यवसाय दर्ता नगरेको वा एक पटक व्यवसाय दर्ता गरेकै आधारमा दर्ता भएको स्थान बाहेक घुम्ती सेवा दिन नपाइने उल्लेख छ । साथै जुन स्थानमा व्यवसाय सञ्चालनको अनुमति छ त्यही स्थानबाट मात्रै सेवा दिएको नपाइए कानून बमोजिम कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस नगरपालिकाद्वारा जारी सुचना :

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.