जुत्ता चप्पल मेला, एकै दिनमा ३० हजारले गरे अवलोकन

२० असोज, भरतपुर ।
चितवनमा जारी जुत्ता चप्पल मेलामा आज बिहानै देखि उपभोक्ताहरुको भिड लागेको थियो । बिदाको दिन समेत परेका कारण स-परिवार मेलामा उपस्थित हुनेहरुको संख्या धेरै देखिथ्यो । मेलालाई आज एकै दिनमा ३० हजारले अवलोकन गरेको आयोजक को भनाई छ । मेलाको समय बिहान ७ बजे बाट सुरु भएकोमा सो समय देखि नै उपभोक्ताहरुको भिड लागेको थियो ।

आफुलाई मन परेको जुत्ता चप्पल किन्दै हर्षित मुद्रामामा झोला बोक्दै निस्किएका ग्राहकहरुको लस्करको दृश्य वास्तवमै मनमोहक देखिएको थियो । स्वदेशमै उत्पादन भएका गुणस्तरीय जुत्ता पाईन्छ रे भन्ने सुनेपछि आफु स-परीवारनै मेलामा आएको एक उपभोक्ता भरतपुर ११ का कृष्ण घिमिरेले बताउनु भयो । उंहाले थप्नुभो “नेपाली जुत्ता वास्तवमै राम्रो छ, आरामदायी छ, साथमा मेलाले सुपथ मुल्यमा उपलव्ध गराएको कारण पनि चितवनवासी एकपटक मेलामा आउनु भो भने निरास हुनुपर्दैन” ।

भरतपुर महानगरपालिकाको नेपाल टेलिकमको अगाडि रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भैरहेको जुत्तामेलालाई आगन्तुक ग्राहकहरुले अत्याधिक रुचाएको देख्न सकिन्थ्यो । अधिकांस ग्राहकहरु स्वयम् जुत्ताको विषयमा जानकार भएको कारण पनि नेपाली जुत्ताको माग अत्याधिक रहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायको भनाई थियो ।

मेलामा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, डिजे कलेक्सन, केटिएम शुज, शिल, हाईलाईफ़, बेली यी १३ ब्राण्डको १२ सय बढी मोडलका जुत्ताहरु उपलव्ध छन् । मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको छ । सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर आफुहरुले प्रदान गरेकाले चितवनबासी मेला बाट प्रत्यक्ष लाभान्वित भएको आयोजकको दावी छ । मेला आगामी असोज ३० गते सम्म चल्ने छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.