रत्ननगर वडा नं १६ का दुई महिला समुहलाई नाैमती बाजा हस्तान्तरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १६ का महिलाहरुलाई नाैमती बाजा प्रदान गरिएकाे छ । वडा कार्यालयले तीन महिने तालिम दिएपछि दुईवटा महिला समुहलाई नाैमती बाजा प्रदान गरिएकाे हाे । संस्कति संरक्षण तथा विपन्न महिलाहरुकाे आर्थिक अबस्थामा सुधार ल्याउने उद्देश्यले महिलाहरुलाई तालिम दिएर बाजा प्रदान गरिएकाे हाे । जनचेतना चेलिवेटी महिला समूह र वनदेवी नाैमति पञ्चेबाजा समूहलाई नाैमती बाजा तथा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएकाेे हाे। कार्यक्रमका प्रमुख अतिथि मेयर प्रलाद सापकाेटा र वडाध्यक्ष हेमराज थापाले बाजा र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । साे अबसरमा मेयर सापकाेटाले आयआर्जनकाे लागि महिलाहरुलाई बाजा बजाउन सिकाएर सामाग्रीका रुपमा बाजा प्रदान गरिएकाे बताए । वडा नं १६ बाट नाैलाे प्रकृतिकाे कामकाे सुरुवात भएकाे भन्दै उनले महिलाहरुले नाैमतीबाजाकाे मार्फत आम्दानी गर्छाै भनेर हिम्मत गर्नु नै ठुलाे कुरा भएकाे बताए । मेयर सापकाेटाले समुहगत रुपमा आउने महिला समुहलाई सामुहिक कामकाे लागि ८० प्रतिशत सम्म अनुदान दिने बताए । वडाध्यक्ष थापाले संस्कृति संरक्षण संगै महिलाहरुकाे आयआर्जनकाे लागि तालिम दिएर बाजा प्रदान गरिएकाे बताए । जनचेतना चेलिवेटी महिला समुहकी अध्यक्ष विष्णमाया तामाङले व्यवसायिक रुपमा बाजा बजाउन सुरु गरिसकाे भन्दै काम गरेर देखाउने बताइन् ।  कार्यक्रममा वडाध्यक्षहरु साेहेन्द्रराज खरेल, वालकृष्ण चापागाईँ, सजना महताे, अनन्त अधिकारी, कृष्ण महताे, किरण महताे, रामकुमार चाैधरी,प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष सुरेशचन्द्र आचार्य तथा वडा स्तरीय राजनीतिक दलका प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे । वडा सचिव जयन्ती रानाभाटले सञ्चालन गरेकाे साे कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.