एञ्जल्स वर्ल्ड स्कुलको तिहार विशेष कार्यक्रम, विद्यार्थीहरुले खेले देउसीभैलो

रत्ननगर । रत्ननगर १० स्थित एञ्जल्स वर्ल्ड स्कुलले आज तिहार विशेष कार्यक्रम गरेको छ । स्कुलले शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुमा तिहारको शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रम अन्तर्गत साना कक्षामा अध्ययनरत बाबुनानीहरुले भाइटीका र सयपत्री फूलको माला लगाएर, तिहारको सम्पूर्ण विधि अनुसार तिहार उत्सव मनाएका थिए ।

तिहारको पूर्वसन्ध्यामा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले संस्कृति जगेर्नाकालागी विविध पहिरनमा विद्यालय परिषरमा देउसी भैलो खेलेका थिए । विद्यालयमा तिहारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्यकला, गायनकला तथा अन्य विविध कलात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

यस्ता कार्यक्रमका माध्यमबाट साना बाबुनानीहरुले चाडपर्वको महत्व तथा संस्कृति बुझ्ने अवसर प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक गणेश शर्माको भनाई छ । अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको चौतर्फी विकासमा एञ्जल्स वर्ल्ड स्कुलले विशेष चासो राख्ने गरेको समेत उनले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.