रत्ननगर महाेत्सवकाे पूर्वसन्ध्यामा धार्मिक पर्यटकीय स्थलकाे अवलोकन

रत्ननगर । रत्ननगर नगरपालिकाले यस क्षेत्रमा रहेका धार्मिक स्थल तथा सम्भावित पर्यटकीय स्थलहरुको अवलोकन गरेको छ । उद्योग वाणिज्य संघको आयोजनामा नजिकिदै गरेको रत्ननगर महोत्सव २०८० लाई लक्षित गरि उक्त अवसरमा महोत्सवको अवलोकनकर्ताहरुलाई रत्ननगरको धार्मिक पर्यटनको अवस्था दृश्यचित्र मार्फत जानकारी प्रदान गर्न स्थलगत अवलोकन गरिएको उद्योग वाणिज्य संघका सदस्य एवं रत्ननगर महोत्सवको पर्यटन प्रवर्द्धन उप-समितिका संयोजक नेत्र गिरीले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत रत्ननगर ८ मा रहेको चित्रसेन मन्दिर, रत्ननगर १ को हरिहर मन्दिर, रत्ननगर ११ को आत्माशान्ति बौद्ध गुम्बा, रत्नगर १२ मा रहेको पन्चकन्या देवी मन्दिर, चिसापानी त्रिवेणीधाम, पन्चकन्या नहर, श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौना तथा मनिखोला, त्यस्तै रत्ननगर १३ मा रहेको राम मन्दिरमा अवलोकन लगायत सम्बन्धित संस्थाका पधाधिकारी तथा स्थानीयहरु संग अन्तरक्रिया गरिएको थियो ।

रत्ननगर १ मा अवस्थित गायत्री हरिहर मन्दिरका बटुकहरुले रत्ननगर नगरपालिका देखि हरिहर मन्दिर सम्म पैदल यात्रा गर्दै स्वस्ति वाचन गरेका थिए । सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको १ दिने बसाई लम्बाउने गरी धार्मिक पर्यटन प्रवर्द्धनका लागि अवलोकन कार्यक्रम आयोजना गरिएको हो ।

अवलोकन कार्यक्रममा रत्ननगर महोत्सवको पर्यटन प्रवर्द्धन उप-समिति सदस्य गोकर्ण गिरी, पुष्प मरहट्ठा, चिन्तामणि आचार्य, पर्यटन प्रवर्द्धन समितिका सल्लाहकार योगेन्द्रनाथ अधिकारी, पन्चनदी जलाधार क्षेत्र संरक्षण समितिका सचिव सुवास घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.