रत्ननगर खानेपानीको साधारण सभा : एक बर्षमा दुई करोड मुनाफा

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले एक बर्षमा पाँच करोड बढी आम्दानी गरेको छ । मंगलबार सम्पन्न १३ औ बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०७९/८० मा सो संस्थाले पाँच करोड ८ लाख २ हजार रूपैया आम्दानी गर्न सफल भएको हो ।

१९ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र ४ करोड ६६ लाख १ हजार रूपैया आम्दानी गरेको हो । ५ करोड ८ लाख २ हजार आम्दानी गरेको सो संस्थाले २ करोड ९९ लाख ३४ हजार खर्च कटाएर २ करोड ८ लाख मुनाफा गर्न सफल भएको छ । सो संस्थाले ५२ शीर्षकमा २ करोड ९९ लाख ३४ हजार खर्च गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरेको छ । २०५८ सालमा स्थापना भएको सो संस्थामा २०८० जेठ ४ गते बछौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समायोजन गरी सेवा क्षेत्र विस्तार गरिएको थियो ।

१३ हजार ३३ उपभोक्ता रहेको सो संस्था अन्तर्गत संस्थागत धारा १५८, सामुहिक धारा २५६, विपन्न वर्ग धारा ८५५, निजी धारा ११ हजार ७६४ धारा संख्या रहेको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थामा अध्यक्ष माधवप्रसाद अर्यालले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम भावि कार्ययोजना, सचिव प्रताप डल्लाकोटीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरस्वती लामाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक जीवनलाल नगरकोटीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष अर्यालले खानेपानीको न्यूनतम महसुल ११० वटा घटाएर ८० रूपैया कायम गरिएको र मर्मत शुल्क १० रुपैया लिने निर्णय गरिएको जानकारी दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक, संस्थापक मेयर नारायण वन, निवर्तमान उपमेयर विमला दुवाडी, नेपाली काँग्रेसकी नगर सचिव अनिता अर्याल, एमालेका नगर अध्यक्ष ईश्वरी अर्याल, माओेवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, एकीकृत समाजवादीका उपाध्यक्ष रामहरि अधिकारी, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ८ का वडाध्षक्ष कृष्ण चौधरी, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष भीष्मराज पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव प्रताप डल्लाकोटीले सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु, सल्लाहाकार तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.