राष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण

खैरहनी, पौष १९ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं २ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । बिहीबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरि म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज पर्सा शाखाले ८६ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरेको हो ।

आर्थिक अभावका कारण जाडोको समयमा न्यानो कपडा लगाउनबाट वञ्चित रहेका विद्यार्थिहरुको समस्यालाई मध्यनजर गर्दै कपडा वितरण गरिएको म्याक्सी म्याक्स पर्सा शाखाका प्रमुख आकाश ढुङ्‌गानाले जानकारी दिए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर दाहाल, विद्यालयका प्रधानाध्यापक खिलनाथ न्यौपाने, रत्ननगर वडा नम्बर १० का निवर्तमान वडाध्यक्ष केशब आचार्य, म्याक्सी म्याक्समा संरक्षक कमलादेवी धरेल, दण्डपाणी धरेल, राम गौतम, समाजसेवी केशव रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयका शिक्षक तिलकनाथ घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रम रामेश्वर रिजालले संचालन गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.