भरतपुरमा ५ सय ३६ जनाको निःशुल्क आँखा परिक्षण

फागुन १२, चितवन । भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुरमा सम्पन्न निःशुल्क आंखा शिविरमा ५ सय ३६ जनाले निःशुल्क आंखा जांच गरेका छन् । भानु माध्यमिक विद्यालय पार्वतीपुरको परिसरमा शिविर सम्पन्न भएको हो । आइ फोर क्याम्प चितवन, सपोर्ट एण्ड केयर पुर्नस्थापना केन्द्र रत्ननगर चितवन, भरतपुर आंखा अस्पताल चितवन र नेपाल नेत्रज्योति संघको संयुक्त आयोजनामा शिविर आयोजना भएको हो । चितवनका विभिन्न ६ ठाउंहरुमा आयोजना भैरहेको ६ दिने निःशुल्क आंखा परिक्षण शिविरको तेस्रो दिन आज जांच गराएका मध्य २ सय ७५ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ भने ३ सय ६० जनालाई निशुल्क औषधी वितरण गरीएको छ । त्यस्तै शल्यक्रिया गर्नुपर्ने ३५ जनालाई मोतियाविन्दुको शल्यक्रियाका लागि आजै भरतपुर आंखा अस्पताल लगि शल्यक्रियाको प्रकृया मिलाइएको सपोर्ट एन केयरका संयोजक प्रकाश साहले जानकारी दिनु भयो ।

भरतपुर महानगरपालिका वडा नं. २१ वडा अध्यक्ष कृष्ण कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर आंखा अस्पतालकी मेडिकल डाइरेक्टर पुष्पा गीरी, जर्मनी टिमका प्रतिनिधि बिग्रीट, काटीया, भरतपुर आंखा अस्पतालका बाह्यि कार्यक्रम संयोजक रमेश घिमिरे, भरतपुर महानगरपालिका वडा नं. २१ का वडा सदस्य रमेश श्रेष्ठ, भानु माध्यमिक विद्यालय पार्वतीपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्ज्वल श्रेष्ठ, भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकृत दिपक सिग्देल र भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रवती आचार्य विशिष्ट अतिथि रहनु भएको थियो । जर्मनी टिमको लगानी, सपोर्ट एन केयरको व्यवस्थापन र आइ फोर क्याम्प चितवन, भरतपुर आंखा अस्पताल, नेत्रज्योती संघ रत्ननगर, रत्ननगर नगरपालिका, भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा भएको निःशुल्क आंखा शिविर कार्यक्रम सर्पोट एन केयर पुर्नस्थापना केन्द्र रत्नगरका संयोजक प्रकाश साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.