रत्ननगरमा अनेमसंघको नयाँ कमिटी : अध्यक्षमा केसी, सचिवमा सिंखडा

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा चन्द्रिका महत केसी चयन भएकी छन् । आइतबार सम्पन्न सातौं नगर अधिवेशनले केसीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष सविता चौधरी, सचिवमा गीता सिंखडा, सहसचिवमा इन्दिरा नेपाल र कोषाध्यक्षमा कोपिला पौडेल चयन गरिएको छ । निर्बाचन समितिको संयोजकमा अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य सरस्वती विष्ट र सदस्यहरुमा विमला दुवाडी, लक्ष्मी कोइराल, ज्वाला पुरी वन, विन्दा कार्की, अन्जना गौतम रहेका थिए ।

सर्वसम्मत निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी विष्टले पद तथा गोपनीयताको सपथग्रहण गराएकी थिइन् । कार्यक्रममा संघको स्थापपना तथा संस्थागत विकासमा योगदान गरेका महादेवी खतिवडा, चन्द्रिका बस्नेत, विष्णुकुमारी आचार्य, सपना बोहरा, वीरन्जना सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरुले पार्टीलाई संकट पर्दा अनेमसंघले काँध थाप्ने गरेको भन्दै एमालेलाई पुरानै अबस्थामा फर्काउन कस्सिएर काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश साँसद जेएन थपलियाले एमालेलाई कमजोर बनाएर नेपालको राष्ट्रियता माथि खेल्ने विदेशी शक्तिको योजना सफल नहुने भन्दै एमाले फेरी नेपाली राजनीतिको अग्रपंक्तिमा आउने विश्वास व्यक्त गरे ।

पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले एमालेजन एकताबद्ध भएर पार्टीलाई जुरुक्क माथि उठाउने बेला आएको बताए । अनेमसंघ जिल्ला अध्यक्ष विमला दुवाडीले एमालेले कहित्यै नहार्ने गरी पार्टी संगठन विस्तारमा लाग्नुपर्ने बताइन् । नवनिर्वाचित नगर अध्यक्ष केसीले पहिलो कार्यकालमा बटुलेको अनुभवलाई पार्टी निर्माणमा लगाउने आफुलाई अबसर प्राप्त भएको भन्दै महिला दिदीबहिनीलाई संगठित गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । एमालेलाई कमजोर विदेशी शक्तिको इसाामा गठबन्धन गरिएको उनको भनाई छ ।

कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य प्रभा बराल, विष्णु कुमारी गोतामे, केन्द्रीय सल्लहाकार सदस्य महादेवी खतिवडा, पार्टी जिल्ला उपाध्यक्ष कमल पाठक, पार्टीका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, अनेमसंघ जिल्ला सह इज्चार्ज लक्ष्मी कोइराला, प्रदेश कमिटी सदस्य नारायण वन,राजाराम रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.