सामुदायिक वन अधिकार सुनिश्चितता सम्बन्धि अन्तरक्रिया सम्पन्न

रत्ननगर, फागुन १३ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ चितवनको आयोजनामा चितवनको कालिका-७ मा रहेकाे उदयपुर सामुदायिक वन उपभाेक्ता समूहमा सामुदायिक वन अधिकार सुनिश्चितता “सहभागितामुलक परामर्श तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । अन्तरक्रियामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव डिल्लिराज गिरीले प्रशिक्षण दिनुभएको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य अर्जुन चापागाईले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो । कालिका नगरपालिकाभरका सामुदायिक वन उपभोक्ता समुहबाट सहभागीहरु रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले वन संरक्षण गर्नु हामी सबैको कर्तव्य रहेको बताउनुभयो । वनको संरक्षण तथा स्थानीय उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता समुहहरू बिधी र नीतिमा चल्नुपर्ने बताउनुभयो । वनलाई जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा लाग्नुपर्ने उहाँको भनाईछ । कार्यक्रममा सामुदायिक वनमा काम गर्दै जादाँ अनुभवको बिषयमा आएका चुनौति र समाधानको उपायका बारेमा स्थानिय जनप्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिहरुसंग छलफल गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ चितवनका अध्यक्ष विष्णु कुमारी शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल वागमती प्रदेशका सदस्य सुरबिर पोखरेल, सुभद्रा चौधरी, कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडा अध्यक्ष दिपक भट्टराई, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ७ का वडा अध्यक्ष कमलराज मोक्तान, १० का वडा अध्यक्ष नरजंग प्रजा, सामुदायिक वन महासंघका पदाधिकारीहरू, कालिकाका सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ चितवनका उपाध्यक्ष कृष्ण प्रसाद बगालेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्ला महासंघ चितवनका सचिव राममणी न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.