गौ संरक्षणको आवश्यकता र महत्व : लक्ष्मण घिमिरे

२९ फागुन, रत्ननगर ।
-लक्ष्मण घिमिरे ।

द्रुहोत्र मनसा वापि गोषु नित्यम् सुखप्रदाह।
दाँत: प्रीतम्ना नित्यं गवाँ व्युसिन्त तथाशनुते।

वैज्ञानिक अनुसन्धानले देखाउँछ कि आज मानव जाति सनातनी हम्प गाईबाट टाढा सरेर दुःख, अशान्ति, उपेक्षा र उपहासको शिकार बनिरहेको छ। यसबाट छुटकारा पाउन सनातनी भारतिय नश्ल को गिर गाईलाई विद्वानहरूले महत्वपूर्ण मानेका छन् । ग्लोबल वार्मिङ जस्तो भयावह संकटबाट बच्न र सबैको जीवन जोगाउन हम्पेड गाई संरक्षण आवश्यक रहेको बताइन्छ । गाई मात्र यस्तो एउटा प्राणी हो जस्ले अक्सिजन लियर अक्सिजन नै दिन्छ।गाई हाम्रो जन्म, जीवन र मृत्युसँग सम्बन्धित छ। गुरुको सेवा गरेपछि गाईको सेवाले मात्र कीर्ति दिने मानिन्छ।

पुज्यवरको विश्वास छ, ” गाई स्वास्थ्य र समृद्धिको आधार हो”। गौ संरक्षणले गर्दा यो देश समृद्ध, सुसंस्कृत र दैवी र भौतिक समृद्धिले भरिपूर्ण थियो । त्यसैले आज फेरि देशवासीले आफ्नो ऋषि-प्रेरित परम्परा र गौ संरक्षणको प्रवर्द्धनमा लाग्नुपर्ने आवश्यकता छ भन्ने लागेको छ। किनभने गाईको संरक्षण र पालनपोषण गरेर मात्र हामीले जनमानसको संरक्षण, पोषण र बलियो बनाउन सक्छौँ । स्वदेशी गाईको सेवा र संरक्षणसम्बन्धी वैज्ञानिक अनुसन्धानको नतिजालाई मध्यनजर गर्दै आनन्दयोग को नाम बाट भारत बाट गिर जात का गाई ल्याइ यस खैरहनी नगरपालिका अन्तर्गत वडा नम्बर ४ अबस्थित चैनपुर मा एक सानो गिर गाई पालन ब्याबसाय सुरु गरि यस बाट नश्ल सुधार गर्दै बिस्तार गर्ने मिसन मा छु।

यस प्रस्तावित गौशालामा गिर जस्ता दिव्य प्रजातिका गाईहरूको सेवा गर्ने , यदि कोहि गौ प्रेमी भक्तहरूले आफ्नो जन्मदिनमा गाईको लागि चारा दान दिन चाहेमा चारा दिन पाउने ब्याबस्था मिलाइनेछ। यस आनन्द गिर गौशालामा आफैंले दिनहुँ आफ्नै हातले गाईको सेवा गर्ने संस्कार निर्माण गर्ने सोच बनाएका छौ। लोक परम्परामा गाईको भविष्य सुरक्षित छ । ऋषि परम्परा अनुसार गाईमा आधारित ब्याबसाय गर्ने, औषधीय जडीबुटी मिसाएर गाईको गोबर बाट गोबर बाट सुगन्धित धुप तयार गर्ने, औषधीय जडीबुटी मिसाएर गाईका बस्तुबाट बत्ती बनाउने आदि कार्य शुभारम्भ गर्ने हाम्रो भाबी योजना हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.