रत्ननगरमा एमालेको रक्तदान : ८५ युनिट रगत संकलन

रत्ननगर । नेकपा एमाले रत्ननगर नगरकमिटीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश साँसद जेएन थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा २० जना महिला सहित ८५ जनाले रक्तदान गरेका छन् । जनतासंग एमाले अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका नेता तथा जनप्रतिनिधि समेतले रक्तदान गरेका छन् । पार्टीलाई जनताजंग जोड्ने पुलको रुपमा सुरु गरिएको अभियान अन्तर्गत सामाजिक सेवा कार्यको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले बताए ।

उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु कपिल पोखरेल, शिबकुमारी गोतामे, प्रदेश कमिटी सदस्यहरु नारायण वन, राजराम रेग्मी, लक्ष्मी कोइराला, विमला दुवाडी, केपी लामिछाने, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठक, सचिव प्रकास खनाल शैलेस, उपसचिव चन्द्रकान्त न्यौपाने, रत्ननगर इन्चार्ज प्रेमनाथ दुवाडी, नगर उपसचिव सागर मिश्र, सचिवालय सदस्य शालिकराम पराजुली लगायतको सहभागिता रहेको थियो । नगर कमिटीका अध्यक्ष अर्यालको अध्यक्षतामा भएको कार्यक्रम नगर सचिव शिब सुवेदीले सञ्चालन गरेका थिए । नगर उपाध्यक्ष तथा कार्यक्रम संयोजक पुष्प जोशीले स्वागत मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.