कालिकामा अजम्बरीको रक्तदान, ६२ युनिट रगत संकलन

कालिका । कालिका नगरपालिका वडा नं ६ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि. र सिराइचुली दुग्ध चित्स्यान उत्पादक सहकारी संस्था लि.को सहआयोजना भएको कार्यक्रम १४ जना महिला सहित ६२ जनाले रक्तदान गरेको अजम्बरीकी कोषाध्यक्ष निर्मला खड्काले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीका सभापति राजन रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाले बार्षिक रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा लगातार पाँच पटक सम्म रक्तदान गर्ने भगवती अम्गाई, कमला घिमिरे, गोविन्द दुलाल, रुद्रलाल चौलागाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं ६ का वडासदस्य लक्ष्मीनारायण चौलागाई र अजम्बरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र कँडेलले उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थियो ।

उद्घाटन कार्यक्रममा अजम्बरका संस्थापक अध्यक्ष कृष्ण भट्ट, पूर्व अध्यक्ष पासाङ, निर्वतमान अध्यक्ष गिरीराज केसी कँडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कन्चन दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष हरिप्रसाद दंगालले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेका थिए । अजम्बरीका अध्यक्ष कंडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव साजन थापामगरले सञ्चालन गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.