होलीमा रंगमय ४ नम्बर वडा, वडाध्यक्षले फुटाए घैटो

१२ चैत्र, रत्ननगर । फागुपुर्णिमा अर्थात होलीको रौनकले सोमबार समग्र तराई क्षेत्रको माहोल उत्साहित बनाएको छ । आत्मियता साथै रंग साटासाट गर्दै रत्ननगर ४, बंगैचा टोलमा नेपाल राष्ट्रिय कलाकार संघ, चितवन र श्री कैलाशेश्वर महादेव मन्दिरको संयुक्त आयोजनामा होली बिशेष तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । हजारौ स्थानीयको उपस्थिती तथा कलाकारहरुको सांगीतिक प्रस्तुतीमा दर्शक झुमेका थिए ।

संस्कृतिलाई लक्षित गरि आयोजना गरिने यस्ता खालका कार्यक्रमले भाईचारा वृद्धि गर्ने साथै आत्मियता बढाउने हुँदा यस्तो कार्यक्रमको विशेष महत्व रहने कार्यक्रमका प्रमुख अतिथि रत्ननगर-४ का वडाध्यक्ष रामकुमार चौधरीले बताएका छन् । संस्कृति संरक्षण गर्ने यस्ता कार्यक्रमहरुमा वडा कार्यालय सधै साथमा रहने उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका उपाध्यक्ष जीवलाल पुरी, नेपाल राष्ट्रिय कलाकार संघ, चितवनका अध्यक्ष लक्ष्मण नेपाल, नेपाल राष्ट्रिय कलाकार संघ, चितवनकी उपाध्यक्ष रेनुका प्रधान,
नेपाल राष्ट्रिय कलाकार संघ, चितवनका सदस्य किशोर चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रम संयोजक पप्पु कुमार गुप्ताले स्वागत मन्तव्य राखेका थिए ।

होली विशेष कार्यक्रममा कलाकारहरु समिरा सुनार, विका महतो, रामप्रित महतो लगायत अन्य स्थानिय कलाकारहरुले सांकृतिक प्रस्तुती राखेका थिए । कलाकारहरुको होली सम्बधि गीत प्रस्तुतीमा दर्शक हरुले नाचेर साथ दिएका थिए । रंगीविरंगी स्थानियहरुले रंगहरु हावामा उडाउदै नृत्य गरेको दृश्य रोमाञ्चक देखिएको थियो ।

सोहि कार्यक्रमको अवसरमा आयोजित घैटो फुटाई कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरीले घैटो फुटाउन सफल भएका छन् । त्यस्तै स्थानिय अनिता विश्वकर्माले पनि घैटो फ़ुटाउन सफल भएकी छिन । विजेतालाई उपहार स्वरुप भित्तेघडी प्रदान गरिएको थियो । कार्यक्रम कैलाशेश्वर महादेव मन्दिर, रत्ननगर-४, बगैचा टोलका अध्यक्ष तथा कलाकार पिताम्बर आचार्य साधुरामको अध्यक्षतामा भएको हो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.