चितवनका अतिविपन्न ५२ परिवारलाई सुरक्षित घर

चितवन : चितवनमा ५२ विपन्न परिवारको लागि सुरक्षित आबास निर्माण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले स्थानीय सरकारसंग सहकार्य गरी जिल्लाका अतिविपन्न ५२ परिवारलाई सुरक्षित घर निर्माण गरेको हो । विपन्नलाई सपनाको घर कार्यक्रम अन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अबस्था भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजको अध्यक्ष धु्रव गिरीले बताए । आइतबार रत्ननगर वडा नं ७ राउत टोलमा निर्माण गरिएको ४ जना घर हस्तान्तरण गरिएको छ । वडा कार्यालय र सपना भिलेजको सयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका शुष्मा राउत, सुदमिया राउत, केसिया महतो र इतोरिया महतोले नयाँ घर पाएका छन् । प्रतिघर निर्माणको लागि साढे ७ लाख रुपैया खर्च भएको छ । सपना भिलेजले प्रतिघर ७ लाख र वडा कार्यालयले प्रतिघर ५० हजार रुपैया लगानी गरेका छन् ।

दुई तले घरमा बैठक कोठा सहित दुईवटा बेड रुम र किचन निर्माण गरिएको सपना भिलेनका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडाध्यक्ष महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चावी हस्तान्तरण गरेका छन् । सो अबसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अबस्थामा नरहेका समुदायलाई सपना भिलेजसंग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको उनले बताए । सपना भिलेजका अध्यक्ष गिरीले २०६९ सालबाट विपन्नलाई आवास निर्माण सुरु गरेको भन्दै अहिले सम्म ५२ वटा घर निर्माण गरिसकेको बताए । सीमान्तकृत मुसहर समुदायका २१ घर पुनर्निमाण सहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचाना गरी सुरक्षित आबास निर्माण गरिएको उनको भनाई छ । अध्यक्ष गिरीले प्रत्येक बर्ष गरिबका लागि १५ देखि २० वटा घर निर्माण गर्ने योजना रहेको जानकारी दिए । कालिका नगरपालिकाको सिद्धिमा चेपाङ समुदायको आर्थिक अबस्थामा सुधार ल्याउन शिक्षा,स्वास्थ्य र आयआर्जनका कार्यक्रम प्रभावकारी भएपछि सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका वडा नं १ का चेपाङ समुदायको विकासका लागि काम गरिरहेको छ ।

स्थानीय स्रोत साधनको परिचालन गरी चेपाङ समुदायलाई जीविकोपार्जनको आधार तयार गर्ने, विद्यालय खाजा कार्यक्रम, विद्यालयको भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती तथा तरकारी खेतीका लागि काम भइरहेको सपना भिलेजका अध्यक्ष गिरीले बताए । जिल्लाका समथर भूभागमा बसोबास गर्ने अतिविपन्न समुदायलाई आवास निर्माण, विरामीलाई उपचार, गरिबका बालबालिकालाई शिक्षाको लागि सहयोग गर्दै आएको सपना भिलेजले विकटका चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनमुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । हामी चेपाङ समुदायमा परिर्वतन ल्याउन कस्एिका छौं उनले भने चेपाङ समुदायलाई आफ्ना लागि आफैले गर्नु पर्छ भन्ने भावनाको विकास समेत गराउदै छौं ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.