एञ्जल्स वर्ल्ड स्कुलले मनायो विश्व वातावरण दिवस

जेठ २३, रत्ननगर । हरियाली कायम गरौँ, विश्वको वातावरण जोगाउँ भन्ने मूल मर्मलाई आत्मसात गर्दै रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिषर देखी
बकुलहर चोक, निपनि चोक हुँदै विद्यालय सम्म परिक्रमा गरी विद्यालयले सरसफाई कार्यक्रम गरेको हो, सडक देखी घर अगाडीको वातावरणमा फोहरजन्य सामान नराखौं भन्ने सन्देश प्रवाह गर्दै शिक्षक तथा विद्यार्थीहरुले व्यानर सहित नारा लगाउदै सरसफाई गरेका थिए ।

कितावी ज्ञानमा भुल्दै विद्यार्थीले व्यवहारीक ज्ञानको अभ्यास गर्न नभुलुन भन्ने उद्धेश्यले विश्व वातावरण दिवसको अवसर पारी सरसफाई कार्यक्रम गरिएको विद्यालयका प्राचार्य गणेश शर्माले जानकारी दिनुभयो । यस्ता खालको अभ्यासले विद्यार्थीहरुले घरमा रहेको समयमा पनि सरसफाई तर्फ केन्द्रित हुन प्रेरित हुने शर्माको विश्वास छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.