तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

७ असार, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज  संघको आयोजनामा तनाव व्यवस्थापन  सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले मानिसलाई आर्थिक, सामाजिक एवं राजनैतिक तथा अन्य कामहरूले जोखिम सृजना गरिरहेको हुन्छ र जोखिमले तनाव उत्पन्न बनाउने बताउँदै उहाँले व्यवसायीहरू समय व्यवस्थापन एवं आर्थिक व्यवस्थापन गर्नका लागि नै बढी तनावमा हुने भएकाले व्यवसायीहरूलाई तनाव व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रशिक्षक व्रह्मकुमारी राजयोग सेवा केन्द्रकका राजु घले भाईजीले तनाव व्यवस्थापन गर्ने तरिका लगाएत मनलाई शान्त पर्ने तरिकाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले खुशी आफै सृजना गर्ने हो भन्दै मन खुशी भए शरिरमा भएका रोगहरु समेत आधा घटेर जाने बताउदैँ उहाँले सहभागीहरुको जिज्ञासाहरुलाई सम्वोधन गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि सुवेदीले धन्यवाद ज्ञापन समिति समापन गर्नुभएको तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रममा संघका पूर्व अध्यक्ष देशीराम प्रधान, रामप्रसाद श्रेष्ठ, प्रचण्डलाल प्रधान लगाएत संघका पदाधिकारी कार्यसमिति विभिन्न वस्तुगत संघका अध्यक्ष, पदाधिकारी एवम् उद्योगी व्यवसायी गरी करिव ८० जनाको सहभागिता रहेको उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभएको थियो । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रम संघका कार्यकारी निर्देश निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.