भरतपुरमा किसान महासंघको रोपाईँ विशेष कार्यक्रम

रत्ननगर । २१ औं राष्ट्रिय धान दिवस अबसरमा भरतपुर वडा नं ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनले स्थानीय जगन्नाथ कँडेलको खेलमा रोपाई विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ सहित पार्टीका केन्द्रीय सदस्य, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उपसभापति गुरुङले उत्पादनदेखि बजारीकरण सम्म किसानले भोग्दै आएको समस्याप्रति राज्य जिम्मेबार हुनुपर्ने बताए । मलको खरिद विक्रीमा बढ्दै गएको कमिसनको खेलले मलको अभाव देखिएको बताए । मल अभाव हुनुको प्रमुख जड भ्रष्टाचार र कालोबजारी हो उनले भने मल खरिद विक्रीमा हुने कमिसनको खेल अन्त्य गर्न सके किसानले समयमै मल पाउछन् । मल र विउमा कमिसनको चर्को खेलका कारण अभाव सृजना भएको उनको भनाई छ । परम्परागत कृषिलाई विस्तापित गरी व्यवसायिककरण आवश्यक रहेको भन्दै उनले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले किसानको समस्या प्रति बर्तमान सरकार उदासीन देखिएको बताए । नेपाली काँग्रेसका सभापति राजेश्वर खनाल र निर्वतमान सभापति जीतनारायण श्रेष्ठले कृषि क्षेत्रमा देखिएका समस्या सामधानको लागि काँग्रेसले सरकारको ध्यानर्कषण गराउदै आएको बताए । सरकार टिकाउने खेलमा लागेको वर्तमान सरकारले किसानको समस्या कहिल्यै बुझ्न नसकेको उनीहरुको भनाई छ । कार्यक्रममा नेपाल किसान महासंघका क्षेत्रीय अध्यक्ष परञ्जिवी ढकालले सरकारले गोदाममा भएको मल किसानलाई उपलब्ध नगराउदा अभाव देखिएको बताए । गोदाममा मल छ उनले भने खै किन हो किसानले पाउदैनन् । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष निलकण्ड रिजालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी केन्द्रीय सदस्य इन्दिरा भूषाल, नेपाली काँग्रेस वडा सभापति शोभाखर सापकोटा, महासंघ चितवनका सह–सचिव मोहन तिवारी लगायतले मन्तव्य राखेका थिए । महासंघ जिल्ला समितिका सचिव इन्द्रमणि गैरेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष भरत घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.