राप्तीमा डुंगा सञ्चालन टेण्डर प्रक्रिया विवादमा

रत्ननगर, साउन २३ । सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालनको लागि निकुञ्जले ठेक्का सम्झौताका लागि आह्वान गरेको टेण्डर प्रक्रिया विवादमा तानिएको छ । निकुञ्जले आह्वान गरेको आठ वटा ठेक्का सम्झौता मध्ये राप्ती नदीको सौराहाघाट देखि दुधौराघाट सम्मको ठेक्का सम्झौताको विषय विवादमा तानिएको हो । निकुञ्जले साउन २१ गते दिउसो १२ बजे सम्मको अन्तिम म्याद राखी निकालेको सुचनाको समयाबधिमा पेश भएका तीन वटा संस्थाले शिलबन्दी दरभाउपत्र पेश गरेका थिए । त्यो ठक्का नखोली निकुञ्जले एक दिनको म्याद थप गरी अर्को सुचना जारी भएपछि शिलबन्दी दरभाउपत्र पेश गरेको चौथो संस्थासंग ठेक्का सम्झौता गरेको बुझिएको छ । सौराहाका व्यवसायी त्रैलोक्य चित्रकार अध्यक्ष रहेका राप्ती जलयात्रा तथा जीप बुकिङ सेन्टर, सौराहा जीप तथा डुंगा बुकिङ सेन्टर र रोयर पार्क होटल प्रा.लिले मात्र दररेट पेश गरेका थिए ।

सुचनामा भनिएको अन्तिम म्याद साउन २१ गते १२ बजे सम्म ति मध्ये अर्को सस्थाले शिलबन्दी दररेट पेश गरेको थिएन् । साउन २१ गते दिउसो २ बजे शिलबन्दी दररेट खोल्ने भनिएको थियो अध्यक्ष चित्रकारले भने त्यो दिन शिलबन्दी खोलिएन, अर्को सुचना जारी गरेर हामीलाई पाखा लगाइयो । राप्ती जलयात्रा तथा जीप बुकिङ सेन्टरले एक दशक अघिदेखि सौराहामा आएका पर्यटकलाई डुंगा शयर गराउने सेवा प्रदान गरिरहेको छ । एकदिनको म्याद थपेर निकुञ्जले बदनियतपूर्ण तरिकाले रितपूर्वक शिलबन्दी दररेट पेशको संस्थालाई पाखा लगाएको उनको भनाई छ ।

अध्यक्ष चित्रकारले उक्त टेण्डरप्रक्रिया रद्द गरी पुःन प्रक्रिया सुरु गर्न निकुञ्जलाई आग्रह समेत गरेका छन् । डुंगा सञ्चालनको ठेक्क अर्को संस्थालाई परेपछि सौराहा स्थित राप्ती नदीमा डुंगा सञ्चालन समेत रोकिएको छ । डुंगा सञ्चालन नहुँदा निकुञ्ज घुम्न जाने पर्यटक समस्यामा परेका छन् । राप्ती तरेर निकुञ्ज घुम्न जाने पर्यटक डुंगा नचलेपछि समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले सौराहामा डुंगा सञ्चालनको लागि आह्वान गरिएको ठेक्का प्रक्रिया नियमसंगत भएका बताए ।

असार २३ गते प्रकाशित सुचनालाई संशोधन गरी त्यसैको निरन्तरता स्वरुप साउन २२ गते अर्को सुचना प्रकाशित गरिएको भन्दै सुचना प्रकाशित भएको ३०औं दिनको १२ बजेसम्म परेको शिलबन्दीकै आधारमा ठेक्का सम्झौता भएको उनले बताए । यसमा विवाद गर्नुपर्ने कुरै छैन उनले भने, “निकुञ्जले कसैलाई काखा कसैलाई पाख गर्दैन् ।”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.