सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै भरतपुर अस्पतालका कर्मचारी

चितवन : भरतपुर अस्पतालमा कार्यरत विकास समिती मातहतका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भएका छन् । अस्पतालले विकास समिति अन्तर्गतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको हो । अस्पतालको भाद्र १६ गते बसेको बैठकले २०७५ साल अगाडी नियुक्त भएका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जानको लागि आवहान गर्ने निर्णय गरेको अस्पताल विकास समितिका सदस्य डिल्लीराम लामिछाने ‘मिलन’ले बताए ।पहिलो चरणमा भरतपुर अस्पतालमा सबै दरबन्दीमा पाँच वर्ष लगातार काम गरेका करिब तीन सय जना आवद्ध गराइनेछ ।

अस्पतालको निर्णयले कर्मचारी खुसी छन् । यो निर्णयले अस्पतालमा कार्यरत कर्मचारीको भविष्य सुनिश्चित गरेको अस्पताल विकास समिति कर्मचारी संघका केन्द्रीय अध्यक्ष सञ्जय बरालले बताए । उनले अस्पताल विकास समिति र प्रशासनलाई धन्यवाद दिएका छन् । ‘एउटा ऐतिहासिक निर्णय भएको छ , ’ बरालले भने , ‘ अस्पताल विकास समितीमा कार्यरत कर्मचारीहरुको भविष्य सुन्दर, सुरक्षित एवम् बलियो बन्न पुगेको छ । अवकास पाएपछि खाली हात फर्कन पर्ने छैन । ’भरतपुर अस्पतालमा चिकित्सक , स्वास्थ्यकर्मी सहित एक हजार बढी कर्मचारी कार्यरत छन् । जसमध्ये विकास समिति अन्तरगत ज्यालादारी , मासिक करार , दरबन्दी करार गरी ६ सय जना छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.