राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठानको जिल्ला समिति पुनर्गठन, अध्यक्षमा लामिछाने चयन

भरतपुर २४ भाद्र, । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको चितवन जिल्ला समिति पुनर्गठन गरिएको छ । प्रतिष्ठानले आज भरतपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी समिति पुनर्गठन गरेको हो । विक्रम सम्वत २०६७ सालमा स्थापना भएको सो प्रतिष्ठानको तत्कालिन समयका अध्यक्ष टिकाराम शर्मा लामिछानेकै अध्यक्षतामा पुनः कार्यसमिति गठन गरिएको हो ।

नवगठित ३५ सदस्यीय समितिमा खुल्ला उपाध्यक्षमा वेदप्रसाद आचार्य, महिला उपाध्यक्षमा रश्मी ईटनी काप्री, सचिवमा उद्धव अर्याल, सह–सचिवमा रामु आचार्य, कोषाध्यक्षमा हिमाल खनाल, सह–कोषाध्यक्षमा डाशिराम ढकाल त्यस्तै सदस्यहरुमा सीता कंडेल, प्रदिप सापकोटा, प्रकाशमणि सापकोटा, मेघराज अधिकारी, लक्ष्मी रेग्मी खरेल, मंजु पौडेल गौतम, विनु सुवेदी, विक्रम लम्साल, राजेन्द्र हमाल, कृष्ण पन्त, मन बहादुर मगर, कमल पौडेल, रुपा पौडेल, उद्धव प्रसाद अधिकारी, हरिकृष्ण लामिछाने, धर्मदत्त सुवेदी लगायत चयन भएका छन् । त्यस्तै प्रमुख सल्लाहकारको रुपमा एन आर एनका केन्द्रीय प्रवक्ता सोम सापकोटा चयन भएका छन् ।

प्रतिष्ठानका बागमती प्रदेश इन्चार्ज लोक तथा दोहोरी गायक नविन पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा एक महिना भित्र चितवनका सात पालिका तथा सम्भव हुने वडाहरुमा समिति गठन गरिने लक्ष्य राखिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले चितवन जिल्ला भित्र रहेको स्थानीय मौलिक भजन, भजन संग सम्वन्धित वाध्य सामाग्री हरुलाई संरक्षण साथै प्रर्वधन गर्दै भजनलाई वृहत्तर विकासका साथ आगामी पुस्तालाई हस्तान्तरण गर्न यो समितिले महत्पूर्ण भूमिका खेल्ने बताए ।कार्यक्रममा ओमकारेश्वर भजन समूह काठमाण्डुका गोविन्द प्रसाद नेपाल, गायिका पुनम बस्याल लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.