रत्ननगरमा ब्लड डोनर्स सोसाइटी गठन : अध्यक्षमा रमेश नेपाल

रत्ननगर, पुष ६ ।

ब्लड डोनर्स सोसाइटी रत्ननगर नगरसमिति गठन भएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा भएको भेलाले नगरसमितिको अध्यक्षमा रमेश नेपाल सर्वसमत चयन गरेको हुन् ।

समितिको उपाध्यक्षमा शिव रेग्मी, सचिवमा रामु पौडेल, सहसचिवमा एलिना ढकाल, कोषाध्यक्षमा मुक्तिनाथ सुवेदी र सह कोषाध्यक्षमा अनुपमा ढकाल चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा गणेश नेपाल, रोशन पौडेल, कुमार लामिछाने, सुदीप अर्याल र विकास सिंखडा रहेका छन् ।

समितिको सल्लाहकारमा रत्नप्रिय क्लबका अध्यक्ष एवम् समाजसेवी वसन्त राना र बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवाली, नेपाल जेसीसका पूर्वकार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भूषाल चयन भएका छन् ।

नवगठित समितिले रगत अभावलाई मध्यनजर गर्दै रक्तदान गर्न उत्प्रेरणा सृजना गर्ने खालका काम गर्न प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले बताए । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगरमा ब्लड बैंक (रक्तसञ्चार युनिट) सञ्चालन गरिएको र थप स्तरवृद्धि गर्नेतर्फ नगरपालिका लागेको बताउँदै सबैलाई रक्तदानजस्ता सामाजिक कार्यमा लाग्नसमेत उनले आग्रह गरेका छ । यस्तै स्वस्थ र उमेर पुगेका व्यक्तिले हरेक ३/३ महिनाको फरकमा रक्तदान गर्नुपर्ने सापकोटाले बताए ।

नगरसमिति गठन कार्यक्रममा नवगठित समितिले संरक्षकको रुपमा नगरप्रमुख सापकोटालाई मनोनीत गरेको छ । नगरप्रमुख सापकोटालाई जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीले मनोनीत पत्र हस्तान्तरण गरे ।

सो ब्लड डोनर्स सोसाइटीले ‘अभियान तपाईं हामी सबैको साझा संकल्प : एक घर, एक रक्तदाता’ भन्ने मूल नाराका साथ रगत व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आएको नवनिर्वाचित अध्यक्ष नेपालले बताए । उनले “रक्तदाताको नगर–रत्ननगर” भन्ने मूल नाराका साथ नगरमा सदस्यता थप विस्तार गर्दै लैजाने बताए ।

कार्यक्रममा रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर–३ वडाध्यक्ष कलाधर पौडेल, रत्ननगर बकुलहर अस्पतालका मेसु डा. ज्ञवाली, रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बासुदेव सापकोटा, ब्लड डोनर्स सोसाइटी केन्द्रीय सल्लाहकार बालचन्द्र पोखरेल, संस्थापक अध्यक्ष अर्जुन अधिकारी, रत्नप्रिय क्लबका अध्यक्ष राना, नेपाल जेसीसका पूर्वकार्यकारिणी उपाध्यक्ष भूषाल, वातावरण अभियान्ता ज्ञानेन्द्रराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

ब्लड डोनर्स सोसाइटी जिल्ला अध्यक्ष बुर्लाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.