रत्ननगरको चित्रसारीमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु

रत्ननगर, माघ ११ ।

रत्ननगर वडा नम्बर ८ को चित्रसारीमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चित्रसेन क्लबको आयोजनामा सुरु भएको दोस्रो संस्करणको प्रतियोगिताको शुक्रबार वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरीले उद्‌घाटन गरेका हुन् । प्रतियोगितामा नगरका २० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष हरिशरण भट्टराईले जानकारी दिए ।

दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दै वडाध्यक्ष कृष्ण चौधरीले वडाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै खेल क्षेत्रबाटै भविष्य बनाउन चाहने वडाका खेलाडीलाई वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष किरण लामा, रत्ननगरका खेलकुद समिति सदस्य राजु लामा , पूर्वी चितवन स्पोर्टस क्लबका कपिल श्रेष्ठ, वडा सदस्य केदार श्रेष्ठ,सिता अधिकारी, बिष्णु आचार्य, दुर्गा बिक ,राप्रकाका क्षेत्रिय अध्यक्ष बलराम खनाल,चितवन, समाजसेवी सोनम महतो, चित्रसेन बाबा मन्दिरका अध्यक्ष जलराम महतो, वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष शंकर लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका सदस्य कृष्ण प्रसाद पौडेलले संचालन गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.