रत्ननगरमा ४ महिला सहित ४४ जनाले गरे रक्तदान

१९ माघ, रत्ननगर ।
रत्ननगरको सौराहा चोकमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ४४ जनाले रक्तदान गरेका छन । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कसैको थोपा थोपा रगतले मृत्यूशैयामा छटपटाईरहेको विरामीको जीवन रक्षा हुने भएकोले यस्तो कार्यक्रमहरु अति आवश्यक भएको बताउनुभयो । लम्सालले श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै आगामी दिनमाहरुमा समेत सामाजिक कार्यमा लागिरहन शुभकामना समेत दिनुभएको थियो । प्रारम्भिक समितिको सामाजिक कार्यहरुमा रत्ननगर नगरपालिकाले पनि हातेमालो गर्ने उँहाको भनाई थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धर्म संरक्षक श्रीकृष्ण मंगलम् महाराजको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष श्याम पोखरेलको विशिष्ठ आतिथ्यता रहेको थियो । चितवनमा देखिएको रक्त अभावलाई मध्यनजर गर्दै यस पटकपनि अघिल्ला बर्षहरुमा जस्तै रक्तदान कार्यक्रमको निरन्तरता दिइएको र आगामी समयमा पनि यो कार्यक्रमले निरन्तरता पाउने कार्यक्रमका संयोजक अभिष अम्गाईले बताउनुभयो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीका उपाध्यक्ष दिलिप महतले स्वागत मन्तव्य राख्नुभएको थियो । खुल्ला रक्तदान कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष श्री सुर्यमणी ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीका सचिव सफल अधिकारीले गर्नुभएको थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति टिकौलीले निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । समितिले जेहेन्दार गरिव विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु, विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, दुर्गम भेगका असाहयहरुलाई विविध सहयोग समेत हस्तान्तरण गर्दै आईरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.