रत्ननगरमा २३ जना बटुकको सामुहिक ब्रतबन्ध

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा २३ जना बटुकको सामुहिक ब्रतबन्ध गरिएको छ । रत्ननगर वडा नं २ शिवालय मन्दिर परिसरमा निर्माण गरिएको मण्डपमा २३ जनाको सामुहिक ब्रतबन्ध गरिएको हो । रत्ननगर जेसीजले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट छोराहरुको ब्रतबन्ध गर्न रत्ननगर ल्याइएको थियो । २३ जनालाई एउटै मण्डपमा राखेर तिलनाथ खनाल सहित तीन जना पण्डितले विधिपूबक बटुकहरुको ब्रतबन्ध गरेका थिए । रत्ननगर जेसीजका अध्यक्ष बाबुराम परियारले धर्मसंस्कृतिको संरक्षणसंगै आर्थिक अबस्था कमजोर भएका परिवारका छोराहरुको सहज तरिकाले कर्म पुरा गर्ने उद्देश्यले सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको बताए । रत्ननगर जेसीजले सुरु गरेको सामुहिक ब्रतबन्धको आठौं संस्करण सोमबार गरेका छौं उनले भने बार्षिक रुपमा बटुकहरुको संख्या बृद्धि हुँदै गएको छ ।

सामुहिक ब्रतबन्धको लागि दर्ता शुल्क ५ हजार ९९९ निर्धारण गरिएको थियो । बटुकलाई ब्रतबन्धको लागि चाहिने पुजा सामाग्री, ब्रतबन्ध गर्दा चाहिने जोगी भेषको बस्त्र, बटुकको घर परिवार र आफन्तहरु २५ जना सम्मलाई भोजनको व्यवस्था गरिएको कार्यक्रम संयोजक सचितराज जोशीले जानकारी दिए । नेपाल जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले रत्ननगरमा जेसीजले सुरु गरेको सामुहिक ब्रतबन्ध कार्यक्रम अनुसरण गर्न लायक रहेको बताए । जेसीजका पूर्व अध्यक्ष खनालले जेसीजको इतिहासमा रत्ननगर जेसीजले समाज विकासको उदाहरणीय कामको गरिरहेको बताए । रत्ननगर जेसीजका अध्यक्ष परियारको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुवास गौतम, नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठ, रत्ननगर जेसीजका पूर्वअध्यक्ष सुन्दरलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.