श्री सिद्धेश्वर महादेव मन्दिरमा महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

रत्ननगर, साउन १ । पूर्वी चितवनको रत्ननगर–९ प्रगतिटोल स्थित श्री सिद्धेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिने भएको छ ।

श्री सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसरमा द्वादश ज्योर्तिलिङ्ग, १०८ शिवलिङ्ग स्थापना एवम् धर्मशाला सत्तल, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ यही साउन ४ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण महतोले जानकारी दिए ।

महायज्ञमा समाजसेवी पण्डित दिपक प्रसाद पौडेलको मुखार विन्दबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, कथा प्रवचन, श्रवण मेला बोलबम उत्सव–२०८२ सञ्चालन हुने उनले बताए ।

रत्ननगरको उजागरका लागि विभिन्न समयमा महायज्ञ सञ्चालन गरिएको भन्दै मन्दिर समितिका उपाध्यक्ष तथा कार्यक्रम उप संयोजक रामु पौडेलले बिशेष अनुष्ठानका माध्यम मार्फत् ज्ञानको उजागरका लागि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको जानकारी दिए ।

समाजमा पछिल्लो समय आचरण बिग्रिएको अवस्थामा सकरात्मक सोंचको विकासका लागि महायज्ञले सहयोग पु¥याउने उनको भनाईछ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले वडामा पहिलोपटक महायज्ञ गर्न लागेकोमा खुसि व्यक्त गरे । मन्दिर संरक्षणका लागि वडाको बजेटबाट केही रकम विनियोजित गरेको बताए । रत्ननगरको प्रचारप्रसारमा सहयोग गरी धार्मिक पर्यटन वृद्धिमा सहयोग पुर्‍याउन वडा अध्यक्ष अधिकारीले सबैलाई आग्रह गर्नुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.