न्यू क्यापिटल कलेजमा नेक्सस १.०, विद्यार्थीमा क्षमता विस्तार

२ पौष, रत्ननगर ।
रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजले ३ दिने नेक्सस १.० कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला भरिका सम्पूर्ण विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरुलाई सहभागी गराईएको उक्त कार्यक्रम अन्तर्गत रोबो रेस, रोबो व्याटल, जिल्ला स्तरिय साईन्स एक्जिभिसन कम्पिटिसन, ह्याकासन, फुड फेस्टिबल लगायत विद्यार्थीलाई व्यवशाय कसरी सुरुवात गर्ने, लगानीको पाटो र नाफाको पाटो सम्बन्धी जानकारी व्यवहारीक रुपमा प्रदान गरिएको थियो ।

कलेजले यो बर्षको सुरुवात देखि नै रजत बर्ष विशेष वार्षिक कार्यक्रम तय गरेको थियो । सोहि अनुरुप नेक्सस १.० कार्यक्रम आयोजना गरिएको संयोजक तारा ढुंगानाले जानकारी दिए । कार्यक्रममा उत्कृष्ठहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाण-पत्र, ट्रफी तथा नगद पुरस्कार हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण वाग्लेले न्यू क्यापिटल कलेजले आयोजना गरेको यो कार्यक्रमले विद्यार्थीहरुलाई चौतर्फी विकासमा सहयोग पुर्याउने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी, हिसान चितवनका अध्यक्ष दिपेन्द्र राज ढकाल, प्याब्सन रत्ननगर अध्यक्ष भुवन सिंह थापा, प्याब्सन राप्ती अध्यक्ष दिपक शारु, प्याब्सन खैरहनी अध्यक्ष अमृत मल्ल, प्याब्सन कालिका अध्यक्ष नविन थापा लगायतले बोल्नुभएको थियो, कार्यक्रम कलेजका प्राचार्य भुपेन्द्र धितालको अध्यक्षतामा भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.