काठमाडौं : देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ९५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५४ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ९८१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २१ हजार ८२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ८८९ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।