कोरोना संक्रमणका कारण चितवनमा थप १ को ज्यान गयो

चितवन : चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.