एमाले अध्यक्ष ओली बालुवाटार प्रस्थान, प्रधानमन्त्रीसँग विशेष वार्ता हुँदै

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।

एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् । ओलीले भने गठबन्धन तोडेपछिमात्र कांग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने बताएका छन् ।

गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने बताइरहेको छ ।

आज ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । कुनै न कुनै समझदारी शीर्ष तहमा हुन लागेको जानकारी आफूले पाएको एमालेका एक पदाधिकारीले बताए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.