चितवन, १७ बैशाख । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाऔँ’ भन्ने नारा सहित सुरु भएको विधार्थी अभियान रत्ननगर नगरपालिकामा प्रभावकारीता हुदै गएको छ । सरकारले जारी गरेको विधार्थी भर्ना अभियानमा यति वेला जनप्रतिनिधि ,शिक्षक , अभिभावक र शिक्षा प्रेमिहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
यतिवेला सामुदायिक विधालयहरुमा विधार्थी संख्या कम भईरहेको वेलामा भर्ना अभियानले विधार्थी संख्या थप्न मद्दत पुग्ने विधालयका प्रधानाध्यापकरुले विस्वास व्यक्त गरेका छन् । रत्ननगर नगरपालिकामा केहि दिन अघि मात्रै सरुवा भई आउनु भएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बद्धिनारायण शर्माले रत्ननगरमा पनि भर्ना अभियानले राम्रो प्रभाव परेको वताउनु भएको छ ।
शर्माका अनुसार सामुदायिक विधालयले पनि शैक्षिक गुणस्तर वृद्धि भएको कारण पहिलाको जस्तो अवस्था नरहेको र कतिपए सामुदायिक विधालयमा भर्ना गर्ने विधार्थी संख्याको चापले अघिल्लो वर्ष भन्दा यस वर्ष राम्रो रहेको उहाँले वताउनु भएको छ ।
शर्माले रत्नननगरमा विधालय मर्च गर्नु पर्ने वा नगर्ने भने आगामि जेष्ठ ७ गते पछि मात्रै एकिन हुने वताउनु भएको छ । शर्माले विधालयको भौतिक संरचना भन्दा पनि शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गर्नु भएको छ ।
रत्ननगरको सामुदायिक विधालयको शैक्षिक स्तर वृद्धि गर्न के गर्न सकिन्छ भनेर यहि बैशाख २० गते प्रधानाध्यापकहरुको सामुहिक भेला राखेको वताउनु भएको छ । विधालयमा गरिने अनुगमन नाम मात्रैको अनुगमन नभएर त्यस्लाई प्रभावकारी वनाउन आफु लाग्ने उहाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।