सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा रत्ननगरमा सङ्गीत उत्सव

चितवन ६ जेठ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागद्धारा यहि जेठ १० गते शुक्रवार चितवनको रत्ननगर नगरपालिका स्थित सौराहा चोकमा रहेको होटल गंगोत्रीको सभाहलमा विभिन्न भाषाभाषिका लोकगीतहरुको प्रस्तुती सहित उत्सव आयोजना हुने भएको छ ।
कार्यक्रममा लोप हुन लागेका सवै भाषा–भाषिका गीत सङ्गीत र परम्परालाई उत्थान र जगेर्ना गर्ने विश्वास लिएको छ । यस कार्यक्रमले भावि पुस्तालाई समेत यसको महिमा र महत्वलाई बुझाउने र आफ्नो संस्कृति प्रतिको पहिचान विस्तार गर्न यो कार्यक्रमले थप टेवा पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।
कार्यक्रममा रत्ननगर नगरपालिका प्रवक्त एवं संस्कृतिकर्मी राजेन्द्र हमालले सहजीकरण गर्नु भएको छ । त्यस्तै कार्यक्रममा रत्ननगर नगरपालिका सहयोगि संस्थाको रुपमा रहेको छ । भने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान रत्ननगर र राष्ट्रिय लोक भजन तथा चुड्का समिति रत्ननगर सह आयोजक संस्थाको रुपमा रहेका छन् । त्यस्तै कार्यक्रमको आधिकारिक रेडियोमा सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्ज रहेको छ ।
कार्यक्रममा सहभागीभई कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पुर्णमा वरिष्ठ लोक तथा दोहोरी गायिका एवं प्रज्ञा परिषद सदस्य कार्यक्रम संयोजक हरिदेवी कोइरालाले आग्रह गर्नु भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.