नेपाल प्रेस युनियन चितवनको रजत वर्षको सुभारम्भ

चितवन, १३ जेठ । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनले आफ्नो स्थापनाको २५औँ वर्ष गाँठको अवसर पारेर रजत वर्षको शुभारम्भ गरेको छ ।
आज बिहान भरतपुरको चौबिसकोठीदेखि पुलचोकसम्म वाकाथुन गर्दै प्रेस युनियनले आफ्नो रजत वर्षको शुभारम्भ गरेको हो । चौबिसकोठीदेखि देखि पुलचोकसम्म आयोनजा गरिएको सो वाकाथुनमा प्रदेशसभा सदस्य, चितवनका प्रमुख जिल्ला अधिकारी, चितवनका प्रहरी प्रमुख, पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा चिकित्कसहरु समेत सहभागी थिए । मानिस स्वस्थ रहनका लागि पसिना निस्कने गरी हरेक दिन हिँड्नुपर्ने भन्दै सो वाकाथुन आयोना गरिएको थियो ।
नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नो रजत वर्षको अवसर पारेर वर्षभरि नै विभिन्न कार्यक्रम गर्ने जनाएको छ । प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले वर्षभरि विभिन्न कार्यक्रम गरी भव्य रुपमा रजत वर्षको समापन गर्ने बताए ।
नेपाल प्रेस युनियन चितवनले रजत वर्षको अवसर पारेर श्रमजीवी पत्रकारहरुको अवस्था र कायन्वयन विषयमा अन्तरक्रिया, जिल्लाका सरकारी निकायका सूचना अधिकारीसँग पत्रकार अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, चितवनमा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रजको सम्मान, अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारहरुको आँखा तथा दन्त परीक्षणसहित विविन्न कार्यक्रम गर्ने जनाएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.