पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा चितवनमा योग शिविर हुने

चितवन,४ असार । पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा चितवनको भरतपुरमा असार ६ गते योग शिविर हुने भएको छ । पतञ्जली योग समिति चितवनको आयोजनामा हुने शिविरको नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ ।
असार ६ गते हुने योग शिविर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुनेछ । शिविरको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रचाप्रसार समितिका संयोजक टंकनाथ पौडेलले बिहान ५ देखि ७ बजेसम्म शिविर सञ्चालन हुने बताउनुभयो । चितवनलाई योगमय बनाउने कार्यमा पतञ्जली योग समिति चितवन लागेको उहाँको भनाइ थियो ।

पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्रविक्रम महतले शिविरमा राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, टोल विकास संस्थाका प्रदाधिकारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, योग साधक, नागरिक समाज सबैलाई सहभागी हुन आग्रह गर्नुभएको छ । पूर्व डीआईजीसमेत रहेका महतको संयोजकत्वमा १११ सदस्यीय अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति गठन गरिएको छ ।

योगपिठाधिस उमाशंकर अग्रवालले शिविरको सम्पूर्ण तयारी भएको बताउनुभयो । उहाँले स्वागत उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, खानेपानी व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरिसकेको बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले योग मानव जीवनका लागि नितान्त आवस्यक रहेको बताउनु भयो ।

२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तर्राष्टिय योग दिवस मनाउने प्रस्ताव गरे अनुसार २०१४ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो । जुन २१ गते अर्थात असार ६ गते विश्वमा १७५ वटा देशहरुमा योग शिविर मनाइन्छ । असार ६ गते नेपालका ७७ वटा जिल्लामा योग शिविरका कार्यक्रम आयोजना गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.