चेपाङ महिलाहरुको पांच दिने तालिम सम्पन्न

 

 

रामु आचार्य
२३ श्रावण ,चितवन
अण्डेफ को सहयोगमा डेक नेपाल द्वारा आयोजित लैङ्गिक उत्तरदायी सामाजिक जवाफदेहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सौराहामा पूर्व संबिधान सभा सदस्य गोविन्दराम चेपाङको अध्यक्षतामा सम्पन्न भएको छ ।

 

इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका २० जना चेपाङ महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा लैङ्गिक समता, समानता, अधिकार, सुशासन, सामाजिक जवाफदेहिता लगाएतका बिषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

 

 

पांच दिन सम्म चलेको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठ , सुशासन विज्ञ साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी , डेक नेपालका कार्यक्रम संयोजक जनक कार्की, नेपाल चेपाङ्ग संघको पुर्व महासचिव सन्त बहादुर चेपाङ्ग लगाएतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

 

चेपाङ महिला सशक्तिकरण कार्यक्रमका प्रशिक्षण प्राप्त स्थानिय श्रोत व्यक्ति महिलाहरुले अब आ–आफ्नो स्थानमा चेपाङ महिला पैरवी मंच गठन गरि चेपाङ महिला सशक्तिकरणको पाटोमा अघि बढ्ने डेक नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.