आईपीएल : शिखर धवनकाे नाममा नयाँ कीर्तिमान

दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान शिखर धवनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ कीर्तिमान बनाएका छन्।

किङ्स इलाभेन पन्जाबविरुद्ध धवनले अविजित रहँदै १ सय ६ रनको शतकीय इनिङ्स खेलेका छन्। धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन्।

धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन्। जारी लिगमा उनले यसअघि चेन्नईविरुद्ध शतक प्रहार गरेका थिए।

धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.