सगरमाथा मोवाईलले ल्यायो विविध उपहार योजना

५ कार्तिक २०७७, रत्ननगर : रत्ननगर स्थित गङ्गा प्लाजा सौराहाचोकमा बिगत १२ वर्ष देखि संचालित सगरमाथा मोवाईलले चाडपर्वको अवसर पारि आम ग्राहकवर्ग लाई सम्मान स्वरुप विविध उपहार योजना लिएर आएको छ ।

कार्तिक १ गते देखि मोवाईल खरिद गर्नुहुने ग्राहक वर्गका लागी मासिक लक्की ड्र को आयोजना गरी पुरस्कार प्रदान गरिने सगरमाथा मोवाईल हाउसका संचालक शंकर पौडेलले बताए । पहिलो लक्की ड्र यहि कार्तिक २२ गते शनिबार सगरमाथा मोवाईलको प्राङ्घढमा लक्की ड्र हुनेछ । उक्त लक्की ड्र मार्फत मोवाईल खरिद गर्ने ग्राहक मध्यबाट एकजनाले एम आई ४२ इन्चीको फोर के एल ई डि टेलिभिजन प्राप्त गर्ने पौडेलले जानकारी दिए ।

हरेक महिना हुने लक्की ड्र मा मङ्सिर २२ गते हुने लक्की ड्र मा एक भाग्यमानि ग्राहकले सुनको औंठी प्राप्त गर्ने छन् भने पौष २२ मा हुने लक्की ड्र मा स्मार्ट फोन प्राप्त गर्नेछन् । हरेक महिना फरक किसिमको उपहार प्रदान गरिने छ । लक्की ड्र का साथै योजनाको अन्त्यमा हुने बम्पर ड्र मार्फत एकजना भाग्यमानी ग्राहकले यामाहाको फ्यासिनो स्कुटर प्राप्त गर्ने संचालक पौडेल बताउछन ।

मासिक लक्की ड्र तथा बम्पर ड्र का अलवा ग्राहकवर्गले प्रत्येक मोवाईलको खरिदमा हात खालि नजाने उपहारहरु प्राप्त गर्नेछन । हात खालि नजाने उपहार अन्तर्गत पावर बैंक, सेल्फी स्टिक, रिचार्जकार्ड, हेडफोन, मेमरीकार्ड, मोवाईल फोन, ब्लुटुथ स्पिकर लगाएतका उपहारहरु ग्राहकवर्गले प्राप्त गर्नेछन ।

सगरमाथा मोवाईलमा हरेक कम्पनीका ब्रान्डेड फोन, मोवाईलका एसोसरिज, उच्च स्तरिय एम आई टेलिभिजन सुपथ मुल्यमा उपलब्ध हुदै आएको छ साथै मोवाईलको भरपर्दो मर्मतको सेवा पनि आम ग्राहकवर्गले लिदै आएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.