चितवनमा गर्भवती कोरोना संक्रमित महिलाको ज्यान गयो

चितवन : चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा –५ बस्ने ३३ वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

३७ हप्ताको गर्भवती उहाँमा असोज ३० गते कोभिड १९ संक्रमण पुष्टी भएको थियो । खोकी, श्वासप्रश्वाशमा समस्या लिएर अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको उहाँको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि हिजो कोभिड आइसीयुमा राखेर भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो ।

भेण्डिलेटरको सहयोगमा उपचार गरीए पनि उहालाई बचाउन नसकिएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.