आईपिएल क्रिकेट अन्तर्गत आज कोलकत्ता नाईट राइडर्स र चेन्‍नई सुपर किङ्स भिड्दै

काठमाडौं : युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) कोलकाता नाइट राइडर्स र चेन्‍नई सुपर किङ्स भिड्दै छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । प्लेअफ़मा प्रवेस गर्नका लागी आजको खेलमा कोलकातालाई जित्‍नै पर्ने दबाब छ । कोलकत्ता लिगमा १२ खेल खेलेर १२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । आजको खेलमा जित निकाल्न सके कोलकाता अंक तालिकाको शीर्ष चारमा उक्लनेछ । हाल शिर्ष ४ को चौथो स्थान किंग्स एलाभेन पंजावले कब्जा गरिरहेको छ । पहिलो दोश्रो र तेश्रो स्थान क्रमस: मुम्बई, बैंगलोर र दिल्लीले हासिल गरेका छन् । यो तिन टोलि प्लेअफ़मा प्रवेस गर्ने पक्कापक्कि जस्तै देखिन्छ । यस्तोमा अब कलकत्ताले बाकि २ खेलमा बिजय सुनिस्चित गरि प्लेअफ़मा स्थान कायम गर्नुपर्ने दवाब छ ।

यता समूह चरणबाटै बाहिरिएको चेन्‍नई आजको खेलमा जित निकाल्दै आफूलाई राम्रो अवस्थामा राख्दै यो सिजनको अन्त्य गर्ने योजनामा छ । चेन्‍नईले पनि अब लिगका दुई खेल खेल्न बाँकी छ । आजको खेलमा जित निकाल्दै चेन्‍नई राम्रो टिम साबित गर्ने योजनामा छ । चेन्‍नई हाल अंकतालिकाको पुछारमा छ । आईपिएलको इतिहासमै चेन्‍नईले सबै भन्दा खराव प्रदर्शन यो सिजनमा गरिरहेको छ । उसले पछिल्लो १२ खेलमा ४ मा मात्र जित हात पारेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.