पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि : थप १७ को ज्यान गयो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९०४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ३८ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ । यो कुल संक्रमितको ७५ प्रतिशत हो । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ रहेको छ । नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् भने भेन्टिलेटरमा ७६ जना रहेका छन् ।
त्यस्तै आईसीयूमा ३०४ जना उपचाररत छन् भने होम आइसोलेसमा ३१ हजार ८९८ जना रहेका छन् ।

आज नेपालमा ९ हजार ७६९ जनाको आरटीपीसीआर नमूना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९८३ जना महिला संक्रमित थपिएका छन् भने १ हजार ३८० जना पुरुष संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.